• बुधबार, साउन १३ २०८३

गोरखा २ ले प्रधानमन्त्री र मुख्यमन्त्री पाउँदैछ: बाबुराम भट्टराई


आइतबार, कार्तिक १३ २०७९
700
Shares

गोरखा । नेपाल समाजवादी पार्टीका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको पुष्पकमल दाहाल प्रचण्ड र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बन्ने बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ को चुनावी घरदैलो कार्यक्रममा सहभागी भएका भट्टराईले मतदातासंगका अधिकांश भेटघाटमा यस्तो बताउने गरेका छन् ।

गोरखा २ ले अबको प्रधानमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गण्डकी प्रदेशमा मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका पाण्डेलाई पाएपछि गोरखाले विकासमा कायापलट गर्ने बताएका हुन् ।

आज बिहान अजिरकोट गाउँपालिकाको भच्चेकमा मतदाताहरुसंगको भेटघाटमा भट्टराईले भने ‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु’

हिजो आफुले सुरु गरेका योजनाहरु पूरा गराउन प्रचण्ड र पाण्डे उपयुक्त पात्र रहेको भन्दै उनले गठबन्धनका उम्मेदवारला२ मत दिन आह्वान समेत गरे ।

गोरखा २ बाट प्रतिनिधी सभामा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा २ ख र क मा नेसपाका फणिन्द्र देवकोटा उम्मेदवार बनेका छन् ।

दुई दिने घरदैलो कार्यक्रमका लागि प्रचण्डसहित गठबन्धन दलको टोली हिजोदेखि गोरखाकाे गाउँगाउँमा मतदाता भेट्दै हिडेका छन् । हिजाे भच्चेकमा बास बसेका उनिहरु आज सिरानचाेक र पालुङ्गटारका मतदादालाई भेट्दैछन् ।

हेर्नुस भिडियाे

https://www.facebook.com/civilkhabar/videos/1246152869564216

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार