
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार (१४ कात्तिक) मा घोषणापत्र सार्वजनिक गर्ने भएको छ। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक हुने छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम सुरु गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ।
अन्य दलहरु पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन्।


