गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । आज भाइटिकाको दिन बेलुका करिब साढे ७ बजे उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।
घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेका उनि बेहोस भएपछि गोरखा अस्पताल पु¥याइएको थियो । गोरखा अस्प्ताल स्रोतका अनुसार अस्पताल ल्याइपु¥याउदा उनको निधन भइसकेको थियो ।
उनको निधन के कारण भएको हो भन्ने खुलिनसकेको अस्पतालले जनाएको छ ।
युवा संघ नेपालका केन्द्रिय पदाधिकारी समेत रहेका उनि नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।