• बुधबार, साउन १३ २०८३

बजगाई र बस्नेत पुनः आमनेसामने, कसकाे पल्ला कति ?


बुधबार, कार्तिक ९ २०७९
1.1K
Shares

गोरखा । दुई प्रतिनिधी सभा क्षेत्र रहेको गोरखामा अहिले तिहारले भन्दा चुनावी रौनकले छोपेको छ । उम्मेदवारहरु मतदाता भेट्न गाउँगाउँ छिर्दा यो बर्ष तिहारले नछोएकालाई पनि चुनावले भने झपक्कै छोपेको छ ।

चुनाव आउन महिनादिनपनि बाँकी नरहदा उम्मेदारहरु गाउँ मात्रै छिरेका छैनन, घरघर छिर्न थालेका छन् । मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनका क्रममा गोरखामा विशेषगरी सत्ता गठबन्धन दल र नेकपा एमालेवीच नै चुनावी घम्साघम्सी हुने देखिन्छ ।

त्यसो त गोरखामा गएको निर्वाचनहरुको मतपरिणाम अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र नै प्रमुख शक्ति मानिन्छन् । यि दुवै शक्ति एकै ठाउँमा उभिदा तेस्रो शक्ति एमालेलाई प्रतिस्प्रर्धिका रुपमा लिन नहुने तर्क गर्नेकाे समेत कमी छैन ।

तर गठबन्धनका उम्मेदवारहरु भने एमालेलाई नै मुख्य प्रतिस्प्रर्धिका रुपमा लिएर चुनावी अभियानमा हुमिएका छन् ।

यता पहिलो पटक चुनावी अभियानमा हुमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समेत केही भोट काट्न सक्नेमा गठबन्धन–एमालेका उम्मेदवारहरु सशंकित देखिन्छन् ।

बजगाई र बस्नेत पुनः आमनेसामने
२०७४ सालको प्रदेश सभा निर्वाचनमा भिडेका राजेन्द्र बजगाई र रामशरण बस्नेत पुन आमनेसामने भएका छन् ।

गोरखा प्रतिनिधी सभा १ को प्रदेश सभा (ख) मा भिडेका उनिहरु अहिले प्रदेश छाडेर प्रतिनिधी सभा सदस्यका लागि आमनेसामने बनेका हुन् । ५ बर्षअघि नेकपा माओवादी केन्द्रको तालमेलमा उम्मेदवार बनेका बस्नेतले निर्वाचनमा बगाईलाई हराएका थिए ।

३१ हजार १ सय ८ मत खसेको उक्त प्रदेशमा बस्नेतलाई १६ हजार ६ सय ५६ र बजगाईलाई १३ हजार एक मत खसेको थियो । बजगाईलाई पराजित गरेका बस्नेत गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

तर अहिले परिस्थिती उल्टिएको छ । यसपटक भने एमालेका बस्नेत एक्लै रहँदा कांग्रेसका बजगाईलाई माओवादी केन्द्र, बाबुराम भट्टराई नेतृत्वको नेसपा र नेकपा एकिकृत समाजवादीको साथ छ ।

गठबन्धन गर्दै देशैभर चुनावी तालमेल गर्दा गोरखा १ नेपाली काँग्रेस र २ माओवादी केन्द्रको भागमा परेको थियो ।

त्यसो त गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा गोरखा १ मा नेपाली काँग्रेस नै पहिलो छ ।

उसले २७ हजार ८४ पाउदा दोस्रोमा माओवादी केन्द्रको २५ हजार ४७२ मत छ । दुई दलको मतपरिणामसहित नेसपा र समाजवादीको मत जोड्दा ५५ हजार भन्दा बढी मत गठबन्धनको पक्षमा देखिन्छ । यता सो क्षेत्रमा एमालेको मत १४ हजार ५ सय ६६ छ ।

गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा बजगाई, बस्नेतभन्दा ४० हजार भन्दा बढी मतले अघि छन् । यसकारण पनि गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्क त छदैछन त्यससंगै भारी मतान्तरले चुनाव जित्ने रणनीतिमा लागेकाे देखिन्छन् ।

१ लाख १५ हजार हाराहारीमा मतदाता रहेकाे यस क्षेत्रकाे प्रदेश क मा गठबन्धनले माओवादी केन्द्रका तर्फबाट कृष्ण धिताल र प्रदेश ख मा नेपाली काँग्रेसका गोरखा सभापति समेत रहेका नन्द प्रसाद न्याैपानेलाई उम्मेदवार बनाएकाे छ ।

त्यस्तै एमालेले प्रदेश क मा सुरेन्द्र थापा र प्रदेश ख मा माेहन भट्टराईलाई उम्मेदवार बनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार