• शुक्रबार, भाद्र २६ २०८३

‘नाे नट अगेन’ लगायतका फेसबुक पेज र ग्रुप ‘डिलेट’ गर्न निर्देशन


बुधबार, कार्तिक ९ २०७९
800
Shares

निर्वाचन आयोगले झुठ फेसबुक पेज र ग्रुप तत्काल हटाउन निर्देशन  दिएको छ। 

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावमा उम्मेदवार रहेका दल र नेताहरुका बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा उल्लेख छ।

झुठ फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई आयोगले सचेत गराएको छ।

 साथै, त्यस्ता फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाइए प्रचलित कानूनबमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार