• बुधबार, साउन १३ २०८३

गगन थापा प्रधानमन्त्री बन्नुपर्छ : स्वर्णिम वाग्ले


आइतबार, कार्तिक ६ २०७९
865
Shares

अर्थशास्त्री समेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले पार्टीका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले क्षेत्रसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।

उनले काठमाडौं क्षेत्र नम्बर ४ र सिंगो देश विकासका लागि गगनको नेतृत्व आवश्यक रहेको पनि बताएका थिए। थापा काठमाडौं ४ मा उम्मेदवार छन्।

“उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित संसद्मा बलियो थियो,” उनले भने, “ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।”

अर्थशास्त्री वाग्ले कांग्रेसको घोषणा पत्र निर्माण समितिमा पनि छन्। उनी पनि मंसिर ४ मा हुने चुनावका उम्मेदवार हुन चाहन्थे। चितवन १ बाट उनको नाम सिफारिस भए पनि कांग्रेसले वाग्लेलाई टिकट दिएन।

कांग्रेसले टिकट नदिएपछि वाग्लेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटको अफर गरेका थिए।

‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ। टिकट पाइनँ, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो। हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले भनेका थिए।

टिकट नपाएपनि आफूले कांग्रेस नछोड्ने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार