• बुधबार, साउन १३ २०८३

प्रचण्डका यस्ता छन् गोरखामा १७ वटा ‘गेम चेन्जर’ याेजना


आइतबार, कार्तिक ६ २०७९
1.1K
Shares

गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘गेम चेन्जर याेजना’ भन्दै गोरखाका लागि १७ वटा याेजना सार्वजानिक गरेका छन् ।

नेपाली काँग्रेस, नेपका एस, नेसपा लगायतका दलकाे समर्थनमा गोरखा २ मा उम्मेदवारी दर्ता गराएर चुनावी अभियान लिएर देश दाैडाहमा लागेका प्रचण्डले गोरखाका लागि १७ वटा ‘गेम चेन्जर’ याेजना सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेका हुन् ।

हरेक निर्वाचनमा क्षेत्र ‘जेन्ज’ गर्ने नेताकाे उपमा पाएका अध्यक्ष प्रचण्डले गोरखाकाे समृद्धीकाे मार्गचित्र भन्दै ‘गेम चेन्जर’ याेजनालाई प्रतिवद्धताका रुपमा सार्वजानिक गरेका हुन् ।

त्यसाे त चुनाव अघि मतदातासंग जनाएकाे प्रतिवद्धता चुनाव सकिएसंगै विर्सिने गरेकाे आराेप उनमा नलाग्ने गरेकाे भने हाेइन ।

यसअघि २०७४ काे निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका उनि ५ बर्षपछि चितवन फर्कन नसक्नुमा पनि उनले माडी लगायतका क्षेत्रमा जनतालाई बाँडेकाे आश्वासन पूरा गर्न नसक्नु हाे भन्ने हल्ला बजारका चिया पसलहरुमा प्रशस्तै सुन्न पाइन्छ ।

जनयुद्धकाे उर्भरभूमी र पहिलाे शहिदकाे नाम लिएर गोरखा पसेका अध्यक्ष प्रचण्डले मंसिर ४ काे चुनाव आउनु ठिक एक महिनाअघि प्रतिवद्धता मात्रै सार्वजानिक गरेका छैनन, गोरखाली जनतालाई ठूलाे सपना समेत बाँडेका छन् ।

राजधानीबाट नजिक रहेरपनि विकासमा ठगिदै आएकाे गोरखा विकासका लागि प्रचण्डले १७ वटा ‘गमे चेन्जर’ र १३ वटा नियमित प्रकृतीका याेजनालाई आफ्नाे प्रतिवद्धताका रुपमा अघि सारेका छन् ।

‘गेम चेन्जर’ याेजना शिर्षक दिएका याेजनामा उनले चुमनुब्री र धार्चे गाउँपालिकाकाे निश्चित भुभागलाई विशेष वा स्वायत्त अथवा संरक्षित क्षेत्र घाेषणा गर्न पहल गर्ने बताएका छन् । त्यस्तै १२ सय मेगावटकाे वहुउदेश्यिय बूढिगण्डकी जलविधुत आयाेजना तत्काल कार्यान्वयनमा लैजाने, बेनिघाट-आरुघाट- लार्के सडक निर्माण पूरा गराउने आश्वासन उनले दिएका छन् ।

यसैगरी पशुपालन, कृषि, जडिबुटी, फलफुल, घरेलु उधाेग, हाेमस्टे लगायतकाे प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरुलाई राेजगारीकाे सृजना गर्ने, सिर्दिबास, माछीखाेला, बारपाक र भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडिबुटी संरक्षण, प्रवर्द्धन, संकलन तथा प्रशाेधन स्थापना केन्द्र स्थापना गरी त्यस क्षेत्रलाई विशेष जडिवुटी क्षेत्रकाे रुपमा विकास गर्ने याेजना प्रचण्डकाे छ ।

चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु हुने सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गर्ने र चुमका साथै नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न पहल गर्ने समेत उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

यसैगरी गाईखुर–च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट–सिरानचोक–गोरखा दरबार–मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने याेजनालाई उनले गेम चेन्जरका रुपमा लिएका छन् ।

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग र पालुङटार विमानस्थल सञ्चालनमा ल्याउन ल्याएर थप ब्यवस्थित गर्ने उनकाे याेजनामा छ ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड दिने आश्वासन उनले दिएका छन् ।

त्यस्तै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसाेबासीहरुकाे समस्यालाई भूमी आयाेग मार्फत हल गर्ने उनकाे १७ याेजनामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार