• बुधबार, साउन १३ २०८३

आमनिर्वाचन संविधान भत्काउने र संरक्षण गर्नेको लडाइँ हाे : प्रचण्ड


बिहिबार, कार्तिक ३ २०७९
560
Shares

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन संविधानको पक्षधर र विपक्षीबीचको लडाइँ भएको टिप्पणी गरेका छन् ।

ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउँदो निर्वाचन प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतको रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए ।

उनले प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रहार गरिरहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले माओवादी बलियो हुँदा परिवर्तन जोगिने र समाजवादमा जान आधार पनि तयार हुने पनि दावी गरे ।

उनले आफ्नै सक्रियतामा केपी ओलीको प्रतिगमन परास्त गर्न सफल भएको पनि उल्लेख गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार