• शुक्रबार, भाद्र २६ २०८३

कात्तिक ४ मा केपी ओलीसँग फोनमा कुराकानी गर्न सकिने


बुधबार, कार्तिक २ २०७९
975
Shares

ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। 

मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन्। 

‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं।’, उनले भनेका छन्। 

यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार