• बुधबार, साउन १३ २०८३

गोरखाका २ क्षेत्र र ४ प्रदेशमा फरक फरक चुनावी खर्चकाे सिमा, कहाँ कति ?


मंगलबार, कार्तिक १ २०७९
1.2K
Shares

गोरखा । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार-प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५  समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार-प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार-प्रसारमा खर्च गर्न पाउनेछन् । 

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

जसअनुसार गोरखा प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवारले ३३ लाखसम्म मात्रै खर्च गर्न पाउने भएका छन् । त्यस्तै गोरखा क्षेत्र नम्बर २ का उम्मेदवारले २९ लाख रुपैयासम्म खर्च पाउने आयाेगले जनाएकाे छ ।

यसैगरी गोरखा १ काे प्रदेश सभा क का उम्मेदवारले १७ लाख, १ कै ख का उम्मेदवारले २३ लाख रुपैयासम्म खर्च गर्न सक्नेछन् ।

त्यस्तै गोरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा क का उम्मेदवारले १७ लाख र साेही क्षेत्रकाे प्रदेश सभा ख का उम्मेदवारले १९ लाख रुपैयासम्म मात्रै खर्च गर्न सक्ने आयाेगले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार