गोरखा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले मंसिर ४ को चुनावका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।
अध्यक्ष विद्वान गुरूङले सोमबार गोरखाका ३ सहित १५१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि तोकेका हुन्। बाँकी क्षेत्रमा छिट्टै प्रतिनिधि तोक्ने तयारी छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रीय प्रतिनिधिहरू तोकिएका क्षेत्रमा जाने र कांग्रेस तथा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्नुपर्ने गुरूङले बताए।
आफूले जिम्मेवारी पाएको क्षेत्रको कार्यप्रगतिबारे केन्द्रीय प्रतिनिधिले तरूण दल केन्द्रीय कार्यालयमा प्रतिवेदनसमेत दिनुपर्नेछ।
गोरखा क्षेत्र नम्बर १ मा काजी गुरूङ, २ मा सञ्जय सिलवाल,ब पदम प्रसाद भटराइलाई केन्द्रीय प्रतिनिधि तोकिएको हो।
हेर्नुस् अरू क्षेत्रमा को-को खटिए?





