• बुधबार, साउन १३ २०८३

जोशीको योगदान नेपालीले सदैव स्मरण गर्नेछन् र पछ्याउनेछन् : किरण


सोमबार, असोज ३१ २०७९
785
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता रवि किरण हमालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधन प्रती दुख व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली व्यक्त गर्दै किरणले ञञजोशीले साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदान र देखाएको बाटो नेपाली जनताले सदैव स्मरण गरिरहनेछन् , पछ्याउँदै अगाडि बढ्नेछौँ । झझ लेखेका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको अाइतवार बिहान निधन भएको हो ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार