• बुधबार, साउन १३ २०८३

कुनै शंका नगरी गठबन्धनलाई भाेट हाल्न प्रचण्डले दिए कार्यकर्तालाई निर्देशन


आइतबार, असोज ३० २०७९
1.1K
Shares

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान लोकतान्त्रिक बाम गठबन्धनमा कुनै शंका उपशंका नरहेकाे स्पष्ट पारेका छन् ।

शनिबार गोरखामा नेपाली काँग्रेसकाे पार्टी कार्यालयमा आयाेजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले गठबन्धनभित्र कुनै शंका गर्ने ठाउँ नरहेकाले इमान्दार भएर भाेट हाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डले हालकाे गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको समेत बताए ।

‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन’, अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । 

‘पटक-पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो’, उनले भने, ‘अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’

फरक प्रसङ्गमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए । ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन’, उनले भने, ‘गोरखाको भूगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार