गोरखा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गोरखाबाट उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
गोरखाको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्ट पराजुलीले आज उम्मेदवारी फिर्ता लिएकी हुन्।
उनका श्रीमानले वारेस मार्फत उम्मेदवारी फिर्ता लिइएका निर्वाचन अधिकृत नादरप्रसाद भट्टराईले बताए । उनी नेपाली कांग्रेसनिकट हुन्। गोरखा २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्।
२ ‘क’ प्रदेश क्षेत्रमा एकिकृत समाजवादीका जुद्धबिलास भण्डारी, नेपाल मजदुर किसान पार्टीका बेलबहादुर बस्नेत, नेपाल समाजवादीका हरिशरण आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश क्षेत्र ‘ख’ मा १० जनाले उम्मेदवारी दिएका मध्ये ३ जनाले फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पूर्ण दाहाल, राजकुमार ढकाल र एकिकृत समाजवादीका टेकराज भट्टले उम्मेदवारी फिर्ता लिएका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १० देखि दिउँसो १ बजे सम्मलाई तोकेको थियो ।