
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने चुनावका लागि असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन समय दिएको छ।

उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन सकिने आयोगले जनाएको छ।
विभिन्न पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।
उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आजै सार्वजनिक गर्नेछ। अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्।
पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।


