• बुधबार, साउन १३ २०८३

मेरो उम्मेदवारी समग्र गोरखाको विकासको लागि हो : कृष्ण धिताल


मंगलबार, असोज २५ २०७९
1K
Shares

गोरखा। गोरखा १ ‘क’ मा सत्ता गठबन्धनको साझा उम्मेदवार कृष्ण धितालले आफ्नो उम्मेदवारी समग्र गोरखाको विकासका लागि भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँगगको भेटमा धितालले आफ्नो उद्देश्य व्यक्तिगत नभई पार्टीको नीति तथा योजना भित्र बसेर गोरखाको समग्र विकासका साथै सहिदको सपना साकार पार्नु रहेको बताए ।

गोरखा १ ‘क’ का जनतासँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै धितालले आफू विजयी हुनेमा विश्वस्त रहेको बताए ।

‘यो क्षेत्रमा विकासको ठूलो सम्भावना छ । बहुप्रतीक्षित आयोजना बुढीगण्डकी परियोजनाको सफलता नै यस क्षेत्रको विकाससँग जोडिएको हुँदा मेरो विशेष ध्यान यसमा जानेछ’, उनले भने ।

गठबन्धनको साझा उम्मेदवार भएकाले गठबन्धन सबै नेता कार्यकर्तासँग छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार