• बुधबार, साउन १३ २०८३

गोरखामा ५६ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार तीनमात्रै


मंगलबार, असोज २५ २०७९
825
Shares

गोरखा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखामा ५६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधि सभा सदस्य तर्फ २३ र प्रदेश सभा सदस्य तर्फ ३३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

गोरखामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनसमाजवादी, जसपा नेपाल, नेमकि, राप्रपा, राप्रपा नेपाल, मंगोल नेशनल अर्गनाईजेशन, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान, हाम्रो नेपाल पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा -१ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा (क)का लागि सात र प्रदेशसभा (ख) का लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । गोरखा -२ को प्रतिनिधिसभा सदस्यका लागि १३, प्रदेशसभा १ (क)का लागि १० र प्रदेशसभा (ख) का लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गोरखा -१ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (गठबन्धन) बाट राजेन्द्र बजगाई, नेकपा एमालेबाट रामशरण बस्नेत, जनसमाजवादी पार्टी बाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयबहादुर भट्ट, मंगोलनेशनल अर्गनाईजेशनबाट देवबहादुर थापा, नेपाल शुसासन पार्टीबाट मिनकुमार श्रेष्ठ, जसपा नेपालबाट रुपेश राना, नेमकिपाबाट लिलाकुमारी बूढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुवर्ण रोकाय उम्मेदवार रहेका छन् ।

यस्तै भिमसेन थापा १ का बिष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोरखा-१ प्रदेशसभा (क) तर्फ नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्र बहादुर थापा, राप्रपाबाट सुदिप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मंगोल नेशनल अर्गनाईजेशनबाट गंगाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–७ का रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

गोरखा १ प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मंगोल नेशनल अर्गनाईजेशनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै आरुघाट–७ का डाक बहादुर पराजुली, आरुघाट–८ राजकुमार ढकाल र आरुघाट–४ का पूर्ण बहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । दाहाल आरुघाट गाउँपालिका नविर्तमान अध्यक्ष समेत हुन् । कांग्रेसबाट उनी पालिका अध्यक्ष बनेका थिए ।

गोरखा-२ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट अब्दुस सलाम मियाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राप्रपा नेपालबाट कुल बहादुर बस्नेत, नेपाली कांग्रेस (बी.पी.) बाट टिकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, नेकपा मालेबाट नारायणबाबु आचार्य र राप्रपाबाट शुशिल पन्तको उम्मेदवारी परेको छ ।

त्यस्तै हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मंगोल नेशनल अर्गनाईजेशनबाट सोमबहादुर गुरुङले पनि उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाण्डौँ महानगरपालिका ३२ कि डाक्टर माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोरखा २ प्रदेशसभा (क) तर्फ नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकिकृत समाजवादीबाट जुद्धबिलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मंगोलनेशनल अर्गनाईजेशनका बिपिका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात, हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेदवारी दिएका छन् । त्यस्तै गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका हरिशरण आचार्यले र पालुङटार–७ का बिलबहादुर तामाङले सोही प्रदेशका लागी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोरखा २ प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट बसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुर प्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मंगोल नेशनल अर्गनाईजेशनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ । अजिरकोट ५ का हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महिला उम्मेदवार तीनमात्रै

गोरखामा ५६ जनामध्ये महिला उम्मेदवारको सङ्ख्या तीनमात्रै रहेको छ । त्यसमध्ये प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई महिलाले उम्मेदवारी दिएका छन् । गोरखा क्षेत्र नं १ को प्रतिनिधिसभामा महिलाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेश (ख) र क्षेत्र नं २ को प्रदेश (क) मा महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार