• सोमबार, साउन ११ २०८३

राष्ट्रपतिको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिने


मंगलबार, असोज २५ २०७९
655
Shares

कोरोना संक्रमणसँग जुधिरहेकी  राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।  

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी  भण्डारीलाई आज डिस्चार्ज गर्ने बताइएको छ ।

ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

अस्वस्थ भएपछि राष्ट्रपति भण्डारी २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार