• बिहिबार, साउन १४ २०८३

आफूविरुद्ध परेको उजुरीको उम्मेदवारले जवाफ आज दिनुपर्ने


मंगलबार, असोज २५ २०७९
660
Shares

प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्धरुद्ध परेको छ । देशैभरीका उम्मेदवारमाथि परेको उजुरीपछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ । 

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको छ । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार