
गोरखा । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा २ मा स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् ।

आइतबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी नेकपा एमालेको तर्फबाट अब्दुस सलाम मियाको उम्मेदवारी परेको छ ।
हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङले पनि उम्मेदवारी दिएको उनले जानकारी दिए । उनका अनुसार तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बारपाक सुलिकोट ८ का विनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाडौं महानगरपालिका–३२ कि डा। माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (बी.पी.) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, नेकपा मालेबाट नारायणबाबु आचार्य र राप्रपाबाट सुशील पन्तले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए ।


