• बिहिबार, साउन १४ २०८३

गोरखा २ मा प्रचण्डसंग प्रतिष्प्रर्धामा उत्रिए अब्दुस मियाँ


आइतबार, असोज २३ २०७९
760
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट नेकपा एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएकाे छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उम्मेदवार बनेकाे गोरखा २ मा एमालेले मियाँलाई उम्मेदवार बनाउदै आज मनाेनयन दर्ता गराएकाे हाे ।

२८ बर्षे मियाँ सिरानचाेक गाउँपालिका ३ हर्मीका स्थायी बासिन्दा हुन् । युवामाझ लाेकप्रिय रहेका मियाँ आफु युवाहरुकाे नेतृत्व गर्दै कानून निर्माण तहमा पुग्न निर्वाचनमा हुमिएकाे बताएका छन् ।

आफुसंग देश बनाउने नविनतम खाका रहेकाे दावी गर्दै उनले प्रचण्डलाई भगाैडा उम्मेदवारकाे संज्ञा समेत दिएका छन् । प्रचण्ड यसअघि निर्वाचित भएकाे चितवन ३ छाेडेर गोरखा आएका हुन् ।

त्यस्तै एमालेले गोरखा १ बाट पूर्वमन्त्री रामशरण बस्नेतलाई उम्मेदवार बनाएकाे छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बजगाँई उम्मेदवार बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार