• बिहिबार, साउन १४ २०८३

बाबुरामकाे प्रस्तावमा प्रचण्डले गरे गोरखा २ मा उम्मेदवारी दर्ता


आइतबार, असोज २३ २०७९
880
Shares

गोरखा । डा. बाबुराम भट्टराईकाे प्रस्ताव तथा नारायणकाजी श्रेष्ठकाे समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा उम्मेदवारी दर्ता गरेका छन्।

करिब ३ बजेकाे आसपासमा उनले गोरखा क्षेत्र नम्बर २ काे निर्वाचन कार्यालय ठिगुरेश्वाँरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस, नेसपासहितकाे समर्थनमा साझा उम्मेदवारका रुपमा प्रचण्डले उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता गर्दा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्धय सुरेन्द्रराज पाण्डे, अब्दुल सत्तार लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।

यस्तै यो क्षेत्रको प्रदेश सभामा भने बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता भएको छ।

प्रदेश (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क्षेत्र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।

क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ यसै क्षेत्रबाट नेकपा एमालेबाट अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र कुर्लाकाेटीले उम्मेदवारी दर्ता गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार