• बिहिबार, साउन १४ २०८३

गोरखा १ काे उम्मेदवार छनाेटमा काँग्रेसभित्र किचलाे, अरु सिट फाइनल !


आइतबार, असोज २३ २०७९
1.2K
Shares

गोरखा । सत्ता गठबन्धन दलमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गोरखाका २ निर्वाचन क्षेत्र र ४ प्रदेशमा बराबर हैसियतमा सिट बाँडफाँड गरेपनि उम्मेदवार छनाेटमा भने समस्या देखिएकाे छ ।

गोरखा २ मा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने निश्चित बन्दा गोरखा १ मा भने काँग्रेसले उम्मेदवार छनाेट गर्न सकेकाे छैन ।

यस क्षेत्रमा चिनकाजी श्रेष्ठ र राजेन्द्र बजगाँई दुवैले दावी गरेपछि आज मनाेनयन गर्ने दिनकाे बिहान ९ बजेसम्म पनि उम्मेदवार चयन हुन नसकेकाे काँग्रेसका एक नेताले बताए ।

श्रेष्ठ २०७४ सालमा भएकाे प्रतिनिधी सभा निर्वाचनमा साेही क्षेत्रबाट माओवादीका हरिराज अधिकारीसंग पराजित भएका थिए भने बजगाँई प्रदेश सभा १ काे ख मा एमालेका रामशरण बस्नेतसंग पराजित बनेका थिए ।

हाल दुवैले प्रतिनिधी सभामा दावी गरेपछि उम्मेदवार चयनमा ढिलाई भएकाे ति नेताकाे भनाई छ । श्रेष्ठ सभापति देउवा र बजगाई शेखर काेइराला समुह निकट मानिन्छन् ।

यता साेही क्षेत्रकाे प्रदेश सभामा भने उम्मेदवार टुंगिएकाे छ । माओवादीकाे भागमा गरेकाे १ काे क मा यसअघिका प्रतिनिधी सभा सदस्य हरिराज अधिकारी र ख मा काँग्रेस गोरखाका जिल्ला सभापति समेत रहेका नन्द प्रसाद न्याैपाने उम्मेदवार बन्ने निश्चित बनेकाे बताइएकाे छ ।

त्यस्तै गोरखा २ मा माओवादीका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्दा प्रदेश क मा भने बाबुराम भट्टराई नेतृत्वकाे नेपाल जनता समाजवादी पार्टीका फणिन्द्र देवकाेटा र ख मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे उम्मेदवार बन्ने निश्चित भएका गठबन्धन निकट एक नेताले सिभिलखबरलाई बताए ।

पाण्डेलाई गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री बनाउने गरी गठबन्धनले उम्मेदवार बनाएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार