• शनिबार, साउन ९ २०८३

इद-ए-मिलाद-उन-नबी मुवारक !


आइतबार, असोज २३ २०७९
2.3K
Shares

यो संसार कति पुरानो होला, यस पृथ्विको आयु अझै कति बाकी होला अनि यस संसारमा अहिले सम्म कति मानिसको जन्म भयो होला यसको उत्तर सायदै कसै संग पनि छैन, छ त केबल अल्लाहसंग मात्र छ । यदि यसको उत्तर अरु संग पनि हुने थियो भने सायद बैज्ञानिकहरुले समय समयमा गर्ने गरेका भबिष्यवाणी बिफल हुने थिएनन् होला ।

यस संसारमा अनेकन मानिसले जन्म लिए । जन्म लिने क्रममा भिन्न प्रकृति र क्षमता भएका तथा अति बिशिष्ट मानिसको पनि जन्म भयो । हो आज त्यै दिन, जुन दिन इश्लाम धर्मका सबै भन्दा महान अनि अति बिशिष्ट मानिसको जन्म भएको थियो । हामीले धार्मिक पुस्तकहरुमा मात्रै हैन सामाजीक तथा अन्य पुस्तकहरुमा समेत अध्ययन गर्ने गरेका छौ कि इश्लाम धर्मका प्रबर्तक पैगम्बर हज्रत मुहम्मद सल्लल्लाहो अलैहिस सलाम हुन भनेर ।

हो तिनै महान अनि गौरबशाली ब्यक्ति जो इश्लाम धर्मका सबै भन्दा महान ब्यक्ति हुन । आज भन्दा १४९७ बर्ष अगाडी साउदीको मक्का शहरमा जन्मनु भएका पैगम्बर हज्रत मुहम्मद (स.व) को बारेमा सबै कुरा यहा उल्लेख गरिरहनु नपर्ला तर यति चाहि भन्नै पर्छ कि उहाँ इश्लाम धर्मका प्रर्बतक हुन तर संस्थापक भने होइनन् ।

किनकि संसारका पहिला मानब आदम देखि नै इश्लाम धर्मको सुरुवात भइसकेको थियो । इश्लाम धर्मका सबै भन्दा महान अनि लगभग एक लाख चौबिस हजार नबि (अल्लहका सन्देष्टा) मध्ये सबै भन्दा प्रभावशाली र अन्तिम नबि (सन्देष्टा) पनि हुन पैगम्बर मुहम्मद (स.व.) ।

ताप्ले–५ गाईखुर निवासी हाजी नबि बकस मियाँ भन्छन् : यस संसारको सृष्टि हुनु भन्दा एक करोड छ लाख सत्र हजार बर्ष पहिला नै अल्लाहले हज्रत मुहम्मद (स.व) लाई नुरको रुपमा बनाइसक्नु भएको थियो र पछि हज्रत आदम जो संसारका सबै भन्दा पहिला मानब तथा अल्लाहका नवि हुन् हो तिनै नविको सृष्टि पछि एक लाख चौबिस हजार नवि पछि अन्तिम नविका रुपमा त्यसै नुरलाई मानबको रुपमा अल्लाहले यस संसारमा पठाउनु भएको हो । हाजी नबि बकस फेरि थप्छन् : आजैका दिन पैगन्बर मुहम्मदको जन्म भएको थियो, त्यसै दिनको सम्झनामा यस दिन सबै एकै ठाउँमा भेला भएर मिलाद शरिफ पढ्ने, कुरान पढ्ने, शान्ति –याली गर्नुका साथै एक आपसमा खुसि साटासाट गर्ने गरिन्छ ।

५७१ सालमा अन्तिम नवि (सन्देष्टा) का रुपमा यस संसारमा आउनु भएका पैगम्बर मुहम्मद देखि हालसम्म आइपुग्दा इश्लाममा धार्मिक हिसाबले कुनै पनि परिबर्तन भएको छैन न त हुन नै सक्छ । कयामत (महाप्रलय) सम्म कुनै पन धार्मिक कुरा, तरिका, संकृति, भेषभुषा, रहनसहन, कुरान, हदिस आदि इत्यादी कुनै पनि कुरामा परिर्वन नहुने निश्चित छ ।

अन्तिम सन्देष्टा मुहम्मद भन्दा पहिला एक लाख चौबिस हजार नवि आए तर ति सबै इश्लाम धर्मका लागि अपुरो भएकाले इश्लाम धर्मलाई पूर्ण रुप दिनका लागि अल्लाहले हज्रत मुहम्मद (स.व) लाई यस संसारमा पठाउनु भएको थियो । अब कयामत (महाप्रलय) सम्म कुनै पनि नबि (सन्देष्टा) यस संसारमा नआउने निश्चित छ ।

अरबिक महिनाको तेस्रो महिना रब्बिउल औवल को १२ तारिखका दिन बिहान सूर्य उदाउनु भन्दा केहि पहिला बुवा अब्दुल्लह र आमा आमिनाको कोखबाट साउदिको मक्का शरहमा पैगम्बर मुहम्मदको जन्म भएको थियो र आज त्यसै दिनको खुसियालीमा जस्ने इद मिलादुन नविको दिनका रुपमा मनाउने गरिन्छ ।

कुरैश खानदानमा जन्मनुभएका पैगम्बर हज्रत मुहम्मद (स.व) ५३ बर्षको उमेर सम्म जन्मस्थल मक्का मै बस्नुभयो र त्यस पछि मक्का छोडेर मदिना (साउदि कै एक अर्को शहर) हिज्रत (प्रस्थान) गर्नु भएको थियो र मदिनामा १० बर्ष बस्नु भयो र ६३ बर्षको उमेरमा आजै कै दिन (जन्म भएकै दिन) मदिना शहर मा उहाको ओफात (निधन) भएको थियो जहा अहिले मज्हर सरिफ छ ।

आजका दिन मुस्लिम समुदायका सबै मानिस एकै ठाउँमा भेला भएर मिलाद सरिफ (मुहम्मदको प्रशसां) गर्ने, कुरान सरिफको तिलावत गर्ने, दुवा गर्ने, सबै मानिसलाई पैगम्बर मुहम्मदको बाटोमा हिड्न आग्रह गर्ने, शान्ति –याली गर्ने प्रचलन रहेको छ । हज्रत मुहम्मदले आफ्नो जिवन बिताउदा जुन तरिका अपनाएका थिए आज संसार भरका मुस्लिमले त्हि नै तरिका आफ्नो जिवनमा लागु गरेका छन् जस्लाई सुन्नत भनिन्छ ।

उहाँले सिकाएको र देखाएको बाटो न त कसैले परिवर्तन नै गर्न सकेका छन न त अब कयामत (महाप्रलय) सम्म नै कसैले गर्न सक्छन् अन्त्यमा अल्लाहले संसार भरका सबै मुस्लिम समुदायका मानिसले पैगम्बर मुहम्मद (स.व) को तरिका र उहाँले देखाउनु भएको बाटोमा आफ्नो जिवन बिताउने अबसर प्राप्त गरुन् ।। आमिन ।।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार