गोरखा । नेकपा एमालेले समानुपातिक तर्फको सूचीमा गोरखाकाे बाेर्लाङ्ग घर भएका एकनाथ ढकाललाई प्राथमिकतामा राखेको छ ।
प्रतिनिधिसभा तर्फ एमालेले बुझाएको समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन् ।
यो क्लस्टरको पहिलो नम्बरमा भने स्थायी कमिटी सदस्य रघुजी पन्त छन् । ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै छ । २०७४ मा पनि ढकाललाई एमालेले समानुपातिक सूचीमा राखेको थियो ।
तर त्यसबेला पाँचौं नम्बरमा ढकालको नाम रहेकाले सांसद बन्न पाएनन् । ढकाल नेपाल परिवार दलका अध्यक्ष समेत हुन् ।