• बिहिबार, साउन १४ २०८३

गोरखाको चुमनुब्रीलाई चीन सरकारले दियो एक्साभेटर


आइतबार, असोज १६ २०७९
670
Shares

चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ ।

तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो ।

पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले चीन सरकारले एक्साभेटर उपलब्धा गराएको गोरखाका चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

चीन सरकारले गत असार महिनामा रसुवागढी नाकामा एक कार्यक्रम गरी १४ गाउँपालिकाहरुलाई एक्साभेटर हस्तान्तरण गरेको थियो । अरु पालिकाहरुले असारमै एक्साभेटर लगिसकेपनि चुमनुब्री गाउँपालिकाले भने भन्सार छुटको प्रकृया पुर्याउन नसक्दा ढिला भएको थियो ।

प्रकृया पुरा गरी तीनदिन अघि मात्र एक्साभेटर लिएर आएको श्रेष्ठले बताए ।

सो एक्साभेटर तिहारपछि मात्र गाउँपालिका लैजाने र सडकलायतका संरचना निर्माणमा प्रयोग गर्ने श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार