माेहम्मद शाहिद अलि
मुसलमान माथी लागेका सबै आराेप मिथ्या प्रमाणित भएका छन् । जनकपुर उपमहानगरपालिका-६ महावीर चाेकमा दश रूपैयाँका केही नाेट खसेकै आधारमा थुक लगाएर काेराेना फैल्याइएकाे आराेप लगाएर दुई मुस्लिम महिलालाई अपराधीकरण गरिएकाे थियाे ।
तर, सत्यता बैंकबाट पैसा झिकेर घर फर्कने बेला ति नाेट खसेकाे धनुषा जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेकाे छ । उनीहरू काेराेना संक्रमित नभएकाे पनि पुष्टी भैसकेकाे छ ।
विरगंजमा संक्रमित ३ जना जमातीबाट समुदायमा संक्रमण नफैलिएकाे प्रमाणित त्यहाँकाे सम्वन्धित निकायहरूले गरेसँगै उनीहरू माथी संक्रमण फैल्याउन हिंडेका भन्ने आराेप पनि झूठाे प्रमाणित भएकाे छ ।
उदयपुरकाे त्रियुगा नगरपालिका-३ भुल्के स्थित मस्जिदमा बसेका १२ जना भारतीयमा काेराेना संक्रमण यूपीकाे मद्रसाबाट आएका विद्यार्थी जसकाे घरका समेत ५ सदस्य संक्रमित छन् । उनीबाट वा दुबैबाट आएकाे एक युवकबाट सरेकाे भन्ने अन्तिम निष्कर्षमा एक नम्बर प्रदेशकाे स्वास्थ्य मन्त्रालय पुगेकाे छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरीले उनीहरू लकडाउन पूर्व नै उक्त मस्जिदमा आएका र, आएकाे जानकारी समेत प्रहरी प्रशासनलाई गराएका कारण उनीहरू नलुकेका र, काेराेना फैल्याउने अपराध पनि नगरेका प्रमाणित गरेसँगै उक्त १२ जना जमाती पनि निर्दाेष सावित भएका छन् ।
हालसम्म उदयपुरमा साेही गाउँका १२ जना, ४ जना विराटनगर-१७ का र, १२ जना भारतीय गरी २८ जना संक्रमित भेटिएका छन् । उक्त जमातीहरू २-३ महिना पहिलेनै नेपाल आएका र, नेपालमा नै आएर संक्रमित भएका समेत पुष्टी भएकाे छ ।
दुई नम्बर प्रदेशका DIG प्रदुमन कार्कीसँग मस्जिदमा कुनै जमाती लुकेका छन वा छैनन् भन्ने राैतहटका वरिष्ठ पत्रकार नवल किशाेरकाे प्रश्नकाे जवाफ दिंदै उहाँले मस्जिद-मद्रसा वा अन्य कुनै धार्मिक स्थल लुक्ने या लुकाउने स्थल नभएकाे र, उनीहरू लकडाउन पहिले नै मस्जिद-मद्रसामा बसेकाे जानकारी आफूहरूलाई भएकाे कारण लुकेका भन्न नमिले भन्दै; लुकेका भनेर अफवा फैल्याइनु ग़लत र, सरासर झूटाे भएकाे बताए । यसर्थ यस्ताे झूटाे अफवाका पछि नलाग्न अपिल गरे । यसले पनि मुसलमान माथीकाे आराेपलाई झूटाे प्रमाणित गरेकाे छ ।
यसरी नै नारायणगढमा समेत ५४ जना लुकेका पाकिस्तानी लगायत भारतीयलाई प्रहरी पक्राउ गरेकाे भन्दै; समचार सम्प्रेषण मिडियाहरूले गरे । तर, त्याे प्रचार लामाे समय टिक्न सकेन । मक्कि मस्जिदमा लकडाउन पहिलेदेखी नै केही पाकिस्तानी र, भारतीय रहेका र, उनीहरूलाई परिक्षणका निमित्त लगिएकाे ।
बर्काती मस्जिदमा भने बर्षाैंदेखी भाडामा बस्दै आएका १४ जना भारतीय नागरिकलाई प्रहरीले लगेकाे एक घण्टामा ल्याएर साेही मस्जिदमा छाेडी दिएकाे सत्यतासँगै त्यहाँ पनि कुनै व्यक्ति नलुकेकाे सत्य तथ्य सामुने आएकाे छ ।
यसरी विभिन्न ठाउँका घटनालाई लिएर सिंगाे समुदाय माथी लगाइएकाे आराेप झूटाे प्रमाणित भएका छन् ।
यसलाई अझ प्रभावकारी बनाउँन मुस्लिम आयाेगका अध्यक्षले आफ्नाे अध्यक्षतामा अनुगमन समिति बनाएर सम्पूर्ण जिल्लाहरूमा समेत जिल्ला समन्वय समिति गठन गरेकाे छ । उक्त समितिले अनुगमन गर्दैछ ।
तर, यस प्रकारकाे आराेपले भने समाजमा दुर्गामी असर पारेकाे छर्लंग छ । आखिर यस्ताे किन गरियाे ? के हाम्राे मानवीय संवेदना हराएकै हाे त ? हिंजाे मात्र १३ जना लागू आैषध काराेबार, २ जना चाेरी, १ जना मादकपदार्थ काराेवार र, १ जना ठगीकाे कसुरमा सजाय भूक्तान गरिरहेका १७ जना नेपाली दाजुभाइलाई क़तारले रिहा गरेकाे छ ।
याे एउटा मानवीय कार्य हाे । तर, हामीले संक्रमितहरूलाई अपराधीकरण गर्याैं । उनीहरू माथी कुनै मानवीय भावना देखाएनाैं । के हाम्राे देशकाे र, हाम्राे समाजकाे वास्तविक चरित्र यही हाे ? पक्कै पनि हाेइन । हाम्राे अन्तराष्ट्रिय छवि अति गाैरव लाग्दाे छ । तर, हामीले त्यसलाई सिध्याउन लागि परेकाछाैं । याे अति दु:ख लाग्दाे विषय हाे ।
भारतमा मुस्लिम विराेधी भएका गतिविधिका कारण र, अरब देशहरूमा बस्ने भारतीय मुलका नागरिकहरूले ट्विटर मार्फ़त मुस्लिम विरूद्ध प्रकट गरेका अभिव्यक्तिले पुरा अरब देश रुष्ट भयाे । फलतः उनीहरूले त्यहाँ भएका केही भारतीय जसले ट्विटरमा मुस्लिम बिराेधी अभिव्यक्ति दिएका थिए कतिले नाेकरीबाट हात धुनु पऱ्याे ।
यस विषयलाई लिएर त्यहाँका भारतीय राजदूतहरूले कुनै पनि साम्प्रदायिक भेदभाव नगर्न र, आतंक नफैल्याउन अपिल गरे । भारतीय प्रधानमंत्री माेदीले समेत ट्विट गर्न बाध्य भए । यस निषयलाई विश्वले गम्भीरतापूर्वक लियाे । भाजपाका सांसदकाे राजीनामा मागिएकाे छ । साेनु नीगमले विवादित पुरानाे ट्विटका कारण उनी पुनः विवादमा तानिएका छन् । ट्विटर अकाउंट नै बन्द गर्नु परेकाे छ । हाल उनी दुबईमा छन् ।
यसरी फैल्याइएकाे अफवा र, आराेपले ठूला व्यापारिक देश र, लगभग एक कराेड भारतीयलाई राेजगारी र, व्यवसाय प्रदान गरेका देशहरू बिच तिक्तता पैदा हुन सक्ने वातावरण बन्न खाेज्याे । त्यस्तै वातावरण नेपालमा समेत बन्ने ख़तराकाे संकेत गरेकाे छ ।
याे हाम्राे देशका निमित्त ठूलाे नाेक्सानकाे विषय हाे । हाम्राे देशबाट पनि मुस्लिम देशहरूमा लाखाैं राेजगारी र, व्यापारका निमित्त गएका छन् । उनीहरूले अति ईमानदारी देखिएका कारण राम्राे छवी बनाउँन सफल छन् । तर, नेपालका केही ग़लत तत्वले उक्त छवी धुलमुल्याउँन खाेज्दैछन् । यस तर्फ हामी बेलैमा सजग हुन ज़रूरी छ ।
हाम्राे देशमा यस्ता द्वन्द मच्चाउने तत्वहरू सक्रिय छन् । यस तर्फ सरकारकाे बेलैमा ध्यान जान ज़रूरी छ । त्यस्ता तत्वलाई कानुनकाे कटघरामा उभ्याएर सजाय दिन राज्य चुक्नु हुँदैन । हाम्राे सदियाैं पुरानाे आपसी भाइचारा, एकता, धार्मिक सहिष्णुतालाई क़ायम राख्दै; वर्तमान परिस्थितिसँग लड्नु पर्ने छ । वर्तमान परिस्थितिमा देशलाई पहिलाे प्राथमिकतामा राखाैं ।
लेखक मुस्लिम अगुवा हुन् ।