• बिहिबार, साउन १४ २०८३

आयोगले सक्यो प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ, प्रतिनिधि सभाको छाप्दै


मंगलबार, असोज ११ २०७९
620
Shares

निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ।

दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगका एक आयुक्तले बताए।

अब प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो।

आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ। अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ।

असोज २५ गतेभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखिएको ती आयुक्त बताउँछन्।

असोज २३ मा आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दैछ।

आयोगले समानुपातिकतर्फ असोज २ र ३ गते दलहरूलाई बन्दसूची बुझाउन समय दिँदा ४८ दलले बन्दसूची बुझाएका थिए। अहिले दललाई आवश्यक सं‌शोधन गर्न समय दिइएको छ। 

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार