• शनिबार, साउन ९ २०८३

लकडाउनका बिच रमजानमा जुमआ, तरावीह र एअतिकाफ कसरी कायम राख्ने ?


शुक्रबार, बैशाख १२ २०७७
1.4K
Shares

खालिद सैफुल्लाह अज्हरी
सर्वप्रथम त देश विदेशमा छरिएर बस्नु भएका सम्पूर्णमा रमजान मुबारक !

अहिले विश्व भरी महामारीको रूप लिएर फैलिरहेका (कोभिड १९) कोरोना भाइरसले गर्दा संसार भरिका ठुला–ठुला कलकारखाना लगायत धार्मिक स्थल मस्जिद, मंदिर, मठ, चर्च, गुम्बा लगायत सबै बन्द भएको अवस्था छ ।

यस महामरिको चपेटामा हाम्रो प्राण प्यारो देश नेपाल पनी परेको छ । हाम्रो देश ‘चार जात छत्तीस वर्ण’ ले सजिएको साझा फुलवारी हो । यहाँ हरेक धर्म र जातजातीका मानिसहरू वर्षौ देखी मिलेर बस्दै आएका छन ।

त्यहि धर्म र जाजाती भित्र हाम्रो इस्लाम धर्म र मुस्लिम समुदाय पनी पर्दछ तर आज इस्लाम धर्म लाई बुझ्न नसकेका केही धर्मविरोधी तथा मानवता नभएकाहरुले मुसलमान लाई हेर्ने दृष्टि बदलदिएका छन् ।

सन्दर्भ मुसलानहरुले कोरोना फैलाउदै छन, मुसलमानहरु कोरोना जिहाद गर्दैछन, मुसलमानहरुले गर्दा नेपालमा कोरोना भित्रियो इत्यदि खबरले गर्दा आज हाम्रा हिन्दू दाजू भाईहरुले मुस्लिम समुदाय लाई एक नराम्रो दृष्टीले हेर्न थालेका छन् ।

यस्ता बकम्फुसे कुराका पछि नलागी मानवताको नाताले सबैलाई हेर्ने गर्नु किन भने कुनै पनी रोग, आंधवेरी तथा प्राकृतिक प्रकोप जात, धर्म, धनि, गरीब, सानो ठुलो राम्रो नराम्रो नभनी आउने गर्दछ ।

सबैलाई एकसाथ विनाश गर्दछ । इस्लाम धर्म कुनै रोग फैलाउने भाइरस होइन इस्लाम धर्म एक शान्ति, समानता, प्रेम, आत्मियता, भाईचारा र मानवताको सिकाउने पाठ सिकाउने धर्म हो इस्लाम । इस्लाम धर्म लाई कुनै आतंकवादी संगठनसंग लगेर जोड्नु त्यों तपाईको भ्रम मात्र हुनेछ । किनभने आतंकवादको कुनै धर्म हुदैन हत्या हिंसा गर्नु नै उनिहरुको धर्म हो ।

इस्लाम धर्मसंग उनिहरुको कुनै सम्बन्ध छैन । आतंकवादीहरुको नाम मुस्लिमहरुको नामसंग मिल्दोजुल्दो भए पनि इस्लाम धर्मले उनिहरु लाई मुसलमान भनेर कहिले स्वीकार गरेको छैन र आउने दिन हरुमा पनि स्वीकारने छैन ।

इस्लाम धर्म त्यों धर्म हो जसले स्नान गर्दा वा हात गोडा धुदा अनावस्यक पानी खेर फाल्न बाट रोक लागेको छ भने तपाईहरुले कसरी सोच्नु भयो की एक सच्चा मुसलमानले एक मानव जातीको हत्या गर्छ भनेर ?

कुनै पनी जात वा धर्मले रोग लिएर हिडेको रोग फैलाउदै हिडेको हुदैन त्यसैले सबै जात–जाती भाषा धर्म लाई समानताका साथ मानवीय दृष्टीले हेर्नु नै एक सच्चा नेपालीको पहिचान हो – यो त थियो अहिले कोभिड–१९ ले मुस्लिम समुदायमा परेको नकारात्मक दृष्टी बारे ।

कोभिड –१९ हाम्रो इस्लाम धर्मः
इस्लाम धर्मका अंतिम संदेष्टा हजरत मुहम्मद सल्लल्लाहो अलैहि वसल्लमले आज भन्दा १४४१ वर्ष पहिले भन्नु भएको थियो निचोड यस प्राकार रहेको छ यदि तिमीहरु मध्य कसैलाई सरुवा रोग छ भने उनिहरुसंग भेटघाट नगर्नु, कुनै ठाउमा कुनै रोग फैलिदै छ भने त्यो ठाउँमा नजानु आफ्नै घरमा बसेर आफ्नो सुरक्षा गर्नु, इबादत गर्नु आदि, त्यसैले अहिलेको कोभिड –१९ पनी त्यस्तै सरुवा रोग भएको र अहिले सम्म यसको उपचार उपलब्ध नभएको सबै जना आफ्नो–आफ्नो घरमा बसेर इबादत गर्नुस एक अर्कासंग भेटघाट नगरी आफ्नो र आफ्नो परिवारको सुरक्षा गरि लकडाउनको पालना गरौ ।

कोभिड –१९ मा परेको जुमआ र यसबारे उठेका प्रश्न ः
हाम्रो समुदायमा यो कुरा धेरै प्रचलित छ यदि कसैले लगातार ३ जुमआ छोडिदियो भने त्यो मान्छ । इस्लामबाट खारेज हुन्छ । अहिले नेपाल लगाएत विश्व भरी लकडाउन चलिरहदा हामिले कैयों जुमआ को नमाज छोडिनु परेको छ यो अवस्थामा शरीअतले कस्तो आदेश दिन्छ ?

सबै भन्दा पहिला कुरा गरौ तिन जुमआ लगातार न पढ्दा साचै हामी इस्लामबाट खारेज हुन्छौ त यस बारे हदीसमा धेरै ठाउँमा वर्णन भएको छ की यदि कसैले बिना कारण जुमआको नमाज छोड्छ भने मुनाफिक हुनेछ ।

लगायत अन्य सजाय हदीसमा उल्लेखित रहेको छ तर यो कुरा अहिले को यस दुस्खद घडीमा लागू हुदैन किन भने अहिले हामीले जुमआ छोड्नु पर्ने शरई (धार्मिक शास्त्र अनुसार) कारणहरु धेरै छन जस्तै लकडाउन, एक अर्का लाई छुंदा रोग सर्न सक्ने छ ।

सरकार र प्रशासनले एक ठाउँमा भीड– भाड गर्नबाट रोक लागेको हुदा यो अवस्थामा हामी माथी ३ जुमआ मात्र होइन ३० जुमआ छुटे पनी मुनाफिक हुदैनौ । किन भने नबी ए करीम सल्लल्लाहो अलैहि वसल्लम बयान गर्नु हुन्छ तिमी जून देशमा छौ त्यों देशको कानून लाई मान्नु पर्दछ ।

अहिले हाम्रो देशमा भएको लकडाउन पनी सरकारले कानूनीरूपमा भएको हुदा हामीले कानूनको पालना गर्नु पर्दछ । यो अवस्थामा प्रशासनले अनुमति दिन्छ भने ३/४ जना मात्र मस्जिदमा गएर जुमआ पढ्नुस र बाँकीले आफ्नो–आफ्नो घरमा जोहरको नमाज पढ्नुस । अनावश्यक भिड़ जम्मा गरेर आफुलाई जोखिममा नपारी लकडाउनको पालना गरौ ।

कोभिड–१९ मा परेको रमजान ः
सर्वप्रथम त जानौ रमजान के हो कहिले देखि शुरू भयो ः इसलाम धर्मका पांच मूल आधार स्तम्भ मध्ये तेस्रो आधार हो रोजा (व्रत) । जून रमजान महिना अर्थात इस्लामी क्यालेण्डर अनुसार नवौ महिनामा पर्दछ । यस नवौ महिना लाई रमजान भनिन्छ ।

आठौ महिना शाअबान सकिएर चन्द्रमा देखीयसंगै यो महिना शुरू हुने गर्दछ । यो रमजान इस्लामी पात्रो अनुसार दुई हिजरी शअबान महिनाको १० तारीखका दिन रमजान शरीफको रोजा (व्रत) अनिवार्य (फर्ज) भएको थियो ।

यो भन्दा अगाडी (मोहर्रम) इसलामिक क्यालेण्डरको पहिलो महिनाको आशूराको रोजा अनिवार्य थिए । नबी ए करीम सलल्लाहु अलैहि व सल्लमले नौ वर्ष रमजान महिनाको रोजा राख्नु भएको थियो ।

मुस्लिम समुदायका हरेक युवा अवस्थाका पुरुष, महिला, रोजा बस्न सकने बृद्ध, बृद्धा, धनि, गरीब सबैले सजिलै रमाइलोका साथ मनाउन सकिने पर्व हो रमजान । बिहानको सूर्योदय हुनु भन्दा करीब एक घण्टा अगाड़ी देखि बेलुका सूर्यास्त नभयसम्म कुनै पनी प्रकारका खाने कुरा खानपिन लगायत संभोग बाट बचेर बस्नुलाई रोजा (ब्रत) भनिन्छ ।

रोजा बस्नका लागी बिहान सूर्योदय भन्दा अगाडी खाने खाना लाई सेहरी भनिन्छ भने बेलुका सूर्यास्त संगै रोजा ताड्न खाईने खाने कुरालाई इफ्तारी भनिन्छ । यो रमजान इस्लामी पात्रो अनुसार दुई हिजरी शअबान महिनाको दस तारीखका दिन रमजान शरीफको रोजा (व्रत) अनिवार्य (फर्ज) भएको थियो ।

यो भन्दा अगाडी मोहर्रम महिनाको आशूराको रोजा अनिवार्य थिए । नबी ए करीम सलल्लाहु अलैहि व सल्लम ले नौ वर्ष रमजान महिनाको रोजा राख्नु भयो । यस महिनामा मुस्लिमहरुले धेरै भन्दा धेरै दान दिने गर्दछन् । त्यस दानलाई जकात भनिन्छ । जकात बाट उठेको रकम छरछिमेकमा आर्थिक स्थिति कमजोर भएका व्यक्ति लाई दिने र संगै रमजान र ईद मनाउने गर्छन ।

आफ्नो दैनिक खर्च जोडेर वर्ष भरिमा हुने खर्च बाट बचेको पैसा वा अन्य धन सम्पतिबाट जकात निकालिने गरिन्छ अर्थात कसैसंग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबर को रकम, जग्गा जमिन अन्य धन सम्पत्ति छ भने त्यो व्यक्ति माथी जकात अनिवार्य हुन्छ ।

यो जकात बाट असुल भएको रकम गरीब, असहाय, विध्यार्थी, मद्रासा आदि माथी खर्च गरिन्छ । यस महिनामा धेरै भन्दा धेरै पुन्यका काम गर्ने गरिन्छ यस्तै रमाइलो मेलमिलाप र एक अर्कालाई सहयोगी भावनाका साथ रमजानको महिना विताउने गर्दछन । यो महिना को अन्त्यमा चन्द्रमा देखीए पछि अर्को महिना भएको पहिलो दिन लाई ईद उल–पित्र भनिन्छ ।

जसमा मुस्लिम समुदायका सबै व्यक्तिहरु एक आपसमा मिलेर मस्जिद वा ईदगहमा गई नमाज पढी एक आपसमा खुसी साटासाट गरी ईद मनाएर रमजान महिनाको विदाई गर्ने गर्छन् ।

लकडाउनका बेला तरावीहको नमाज कसरी कायम गर्ने ?
कोरोना भाइरसका कारण संसारभरी लकडाउन भइरहेको अवस्था छ । जुन नेपालमा पनि १५ बैशाखसम्म लकडाउन रहने सुचना सबैलाई थाहा छ ।

अझै बढ्ने संभाबना रहेको हुदा हामी मुस्लिम समुदाय ले पवित्र महिना रमजानमा कसरी तरावीहको नमाज कायम राख्ने भन्ने विषयले चिन्तित बनाएको छ । त्यसैले अहिलेको अवस्थालाई मध्यनजर गर्दै हामीले आफ्नो संरक्षण आफै गर्दैछ ।

टाइम (वक्त) को अनिवार्य नमाज र तरावीहको नमाज कसरी पढ्ने भन्ने बारे निम्न लिखित कुराहरुलाई ध्यन दिनु अति आवश्यक रहेको छ ।

१) सरकारको तर्फ बाट जती जनालाई मस्जिदमा गएर नमाज पढ्न अनुमति मिलेको छ । त्यतिमात्र मस्जिदमा उपस्थित भई ५ टाइमको नमाजको जमाअत कायम तथा रमजान मुबारकको रातमा तरावीहको नमाज अदा गर्ने र बाँकीले आफ्नो–आफ्नो घरमा जमाअतका साथ पढ्न सकिन्छ ।

जमाअतका साथ सकिदैन भने एक्लै–एक्लै ५ टाइमको नमाज तथा तरावीह पढ्ने, मस्जिदमा भीड लगाएर आफुले आफुलाई जोखिममा न पार्ने, यदि प्रशासनले अनुमति दिएको छैन भने आफ्नो–आफ्नो घरमा तरावीह लगायत फर्ज नमाज पढ््ने ।

२) तरावीहको नामजका लागी जमाअत ‘सुन्नते किफाया’ हो त्यसैले मस्जिदमा केही व्यक्ति मिलेर पढि़यो भने पनी काफी हुन्छ । अरु व्यक्तिहरु आफ्नो–आफ्नो घरमा संभव भए सम्म जमाअतमा र संभव न भए एक्लै–एक्लै छ । वक्तको नमाज र तरावीह पढ्ने ।

३) घरमा जमाअत बनाएर नमाज पढ्दा इमाम हुन योग्य व्यक्ति लाई इमाम बनाउनु र इमाम योग्य कोहि छैनन भने एक्लै एक्लै नमाज पढ्ने, घरमा जमाअत बनाउदा पनि प्रशासनले जति जानालाई अनुमति दिएकोछ । त्यों भन्दा बढी जम्मा नहुने ।

एअतकाफको मसअला के ?
एअतकाफ पनि एक ‘सुन्नते किफाया’ वाला अमल हो यदि कुनै शहर, बस्ती वा गाउँमा एक जनाले मात्र बसे भने पनी सबै गुनाह बाट पाक हुने छन् । त्यसैले एअतकाफका दिन सम्म पनि लकडाउन सिमित रहिरहयो भने धेरै जना मस्जिदमा बस्ने कोसिस नगरी आफुले आफुलाई जोखिममा न पार्नु होला ।

लकडाउनका कारण दैनिक मजदुर गरेर जीविकापार्जन गर्दै आएका लगाएत अन्य दिन दुखीहरुको घरमा चुलो नबलेको हुन सक्छ । आफ्ना छरछिमेकमा यस्ता व्यक्ति भेटिएमा आफ्नो क्षमता अनुसार उनिहरुको सहयोग गरीदिनु होला तर यो अवस्थामा सहयोग गरेर उनिहरु संग फोटो भिडियो बनाएर उनिहरुको इज्जतसंग खेलवाड नगरिदिनु हुन विनम्र अनुरोध छ ।

अल्लाह संग दुआ गर्दछु, कि अल्लाह हामी सबै लाई यस महामारी बाट संरक्षण गर्नु ज–जस लाई यो कोरोना भाइरसको संक्रमण भएको छ, उनीहरु लाई छिटो भन्दा छिटो स्वास्थ्य लाभको कामना सहित अल्लाहसंग प्रार्थना गर्दछु । आमीन ।

खालिद सैफुल्लाह अज्हरी
गोरखा नगरपालिका २, गोरखा
हाल:इस्लामिक रिसर्च स्कुलार
अल अज्हर यूनिभर्सिटी, कायरो, इजिप्ट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार