• बिहिबार, साउन १४ २०८३

निर्वाचनमा उम्मेदवारले गरेको खर्च विवरण सार्वजनिक हुनुपर्छ : सूचना आयोग


आइतबार, असोज ९ २०७९
1.1K
Shares

राष्ट्रिय सूचना आयोगले निवार्चन सम्पन्न पछि उम्मेदवारले पेश गरेको खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

२०७९ बैशाखदेखि हालसम्म भएका कामकारवाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कामजातहरु सर्वसाधारण मतदाताहरुले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको जानकारी दिएको हो ।

आयोगको सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको जानकारी दिइन्। त्यस्तै माग गरिएको सूचना उपलब्ध नगराउने रौतहटको राजपुर नगरपालीका र त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई जरिवाना गरिएको सूचना आयुक्त थापाले बताएका थिए।

उनले यस अवधिमा १ सय २३ वटा पुनरावेदन उपर कारवाही भएको जानकारी पनि दिए। आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउनका लागि सूचनादाताको संरक्षण सम्बन्धी नियमावलीको मस्यौदालाई सुझावसहित सञ्चार मन्त्रालयमा स्वीकृतीका लागि पठाएको उनले बताए । उनले विभिन्न निकायमा सूचना अधिकारीको स्पष्ट विवरण उल्लेख गर्नका लागि पुन: ध्यानाकर्षण गराएको समेत धारणा राखे।

सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने, बजेट अनुसार भएका कामको नियमति रुपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानुन तथा आयोगका आदेश पालना गर्न लगाउन आदेश दिइएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार