• बिहिबार, साउन १४ २०८३

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने


आइतबार, असोज ९ २०७९
600
Shares

निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक पार्टीसँग छलफल गर्ने भएको छ।

आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। 

आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन।

आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो।

गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार