• बिहिबार, साउन १४ २०८३

एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार चुक्यो


बुधबार, असोज ५ २०७९
815
Shares

नेकपा एमालेले डेंगी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका छन्।

एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ।‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

डेंगीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको उनले बताएका छन्। ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन। हजारौंको संख्यामा बिरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ। फेरि पनि सरकार परिणामहीन भएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार