
गोरखा । नेपाल रेडक्रस सोसाइटी गण्डकीकाे उपाध्यक्षमा गोरखा धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङ निर्वाचित भएकी छिन् ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशकाे असोज २ र ३ गते पोखरामा भएको दोस्रो अधिवेशनमा गुरुङ निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रदेशको अध्यक्षमा कास्कीका सुर्यप्रसाद ढकाल, उपाध्यक्षमा गोरखाकी गुरुङ, महासचिवमा तनहुँका रामदत पौडेल, कोषाध्यमा लमजुङका नारायणप्रसाद घिमिरे, उपमहासचिवमा स्याङजाका सुनिलकुमार अर्याल र उपकोषाध्यक्षमा पर्वतका धनेश्वर रेग्मी निर्विरोध चयन भएका छन् ।
समितिको सदस्यहरुमा मुस्ताङबाट पुष्पा भट्टचन शेरचन, तनहुँबाट कृष्णचन्द्र पाण्डे, बाग्लुङबाट सिता शर्मा, नवलपरासीबाट रेखा केसी अधिकारी र मनाङबाट सदनप्रसाद द्धा चयन भएको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले जनाएको छ ।


