• बिहिबार, साउन १४ २०८३

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची 


सोमबार, असोज ३ २०७९
1K
Shares

सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।

राजमोले सोमबार निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको सभानुपातिकतर्फको बन्दसूची पेस गरेको हो । 

राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ ।

वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र सूदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली बुझाइएको उनले बताए । प्रदेश नम्बर १ र मधेस प्रदेशमा भने पार्टीको अवस्था कमजोर भएकाले बन्दसूची पेस नगरिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार