• शुक्रबार, भाद्र २६ २०८३

दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची भोलिसम्म बुझाइसक्नुपर्ने


आइतबार, असोज २ २०७९
525
Shares

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ।

दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गर्न सक्छन्। प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० निर्वाचन क्षेत्रका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यतालिका बनाएको थियो। आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय पनि खोलिएको छ।

दलहरूले समानुपातिकतर्फ उम्मेदवारको सूची तयार पारेर आयोगमा बुझाउने तयारी गरेका छन्। उम्मेदवार तय गर्दा दलहरूले समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने हुन्छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले यसअघि समानुपातिक सांसद रहेकालाई सकेसम्म नदोहोर्‍याउने बताएका छन्।

प्रत्यक्षतर्फ भने असोज २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार