• बिहिबार, साउन १४ २०८३

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखाकाे अध्यक्षमा परियार


शनिबार, असोज १ २०७९
765
Shares

गोरखा  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा गोरखाकाे अध्यक्षमा हरिराम परियार निर्बिरोध चयन भएका छन् ।

शुक्रबार गोरखा सदरमुकाममा भएको प्रतिष्ठानकाे १३ औं साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्ष पदमा परियार चयन भएका हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पन्त, द्धितिया उपाध्यक्ष सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिना थापा मगर, सचिबमा केशब वगाले, सह सचिब सुनिमा गुरुड, कोषाध्यक्ष अम्बर बहादुर थापा र सह कोषध्यक्ष रुपा गुरुङ्ग चयन भएकाे बताइएकाे छ ।

अधिवेशनले कार्यसमिती सदस्यहरुमा देब नारायण मगर, तिल कुमारि पोख्रेल, सचिन भट्टराई, रायन बसेल, अमिस उपरकोटिलाई चयन गरेकाे छ । त्यस्तै सदस्यमै सम्झना लामिछाने, दिनेश थापा, बर्षा थापा, टिका गुरुङ, रेश्मा तामाङ, सुजन गुरुङ, पार्वति परियार, चिज कु गुरुङ, बिनोद रोका, राज गुरुङ र कबिराज ढकाल चयन भएका छन् ।

निर्बतमान जिल्ला अध्यक्ष मिना गुरुडको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथाी जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, बिशेष अतिथी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिब जिबन दाहाल, कलाकार रामचन्द्र अर्याल, प्रदेश अध्यक्ष सुरेन्द्र गुरुड, सागर गुरुङ्ग, शिब केसि, सुमन बैरागी, रबिन लामिछाने, उद्योग बाणिजय संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, भगवान बाबु मास्के लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार