• बिहिबार, साउन १४ २०८३

गोरखामा ७ मतदान स्थल थपिदा १७ काे स्थान हेरफेर


शनिबार, असोज १ २०७९
845
Shares

गोरखा । गोरखामा सात मतदान स्थलको संख्या थप गरिएको छ भने केहि मतदान स्थलकाे स्थान हेरफेर गरिएकाे छ । २ सय १५ मतदान स्थल रहेको गाेरखामा सात मतदान स्थल नयाँ थप भएसँगै अव २ सय २२ मतदान स्थल रहने छन् ।

जसमा थप भएकामध्ये चुमनुव्री गाउँपालिका–३ पाती स्थित फिलिम आधारभूत बिद्यालय, सरस्युङ स्थित सिदुङ आधारभूत बिद्यालय, धार्चे गाउँपालिका वडा नम्वर ३ को दुङला आधारभूत बिद्यालय र वडा नम्वर ७ खानीगाउँ स्थित गोरखनाथ आधारभूत बिद्यालयमा नयाँ मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।

त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्वर २ डाडाँगाउँ स्थित बनौती आधारभूत बिद्यालय र तिउरेभन्ज्याङ स्थित बक्रेश्वरी आधारभूत बिद्यालयमा पनि नयाँ मतदान स्थल थप भएको छ ।

यसैगरी निर्वाचन आयाेगले गोरखामा साविक रहेका १७ वटा मतदान स्थललाई अन्यत्र सार्ने भएको छ । चुमनुव्री गाउँपालिकाका ६ वटा, धार्चे गाउँपालिकाका ५, गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाका २/२ वटा मतदान स्थललाई अन्यत्र सारिने भएको हो ।

त्यस्तै गण्डकी र भीमसेन थापा गाउँपालिकाको १/१ वटा मतदान स्थललाई पनि अन्यत्र सार्ने निर्णय भएको सुवेदीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार