• बिहिबार, साउन १४ २०८३

बाबुराम निवासमा प्रचण्डकाे ‘डिनर’


शनिबार, असोज १ २०७९
740
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ ।

शुक्रबार साँझ भट्टराईको निवासमा उनीहरु बीच भेटवार्ता भएको हो । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।

तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् । चुनावको सम्मुखमा पुराना दुई सहयात्रीबीच भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्डसँगको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै डा. भट्टराईले लेखेका छन्, ‘लामो समय पछि क. प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल । पारिवारिक वातावरणमा केही रमाइलो पनि ।’

डा. भट्टराईले सार्वजनिक गरेको तस्वीरमा प्रचण्ड, डा. भट्टराई, भट्टराई पत्नी हिसिला, छोरी मानुषी, मानुषीका श्रीमान र छोरा, नेसपाका नेता विश्वदीप पाण्डे, रमेश पाेखरेल तथा प्रचण्डका स्वकीय सचिव रमेश मल्ल देखिन्छन् ।

प्रचण्डले मानुषीको छोरा युगिनलाई काखमा लिएको तस्वीर पनि छ । त्यसमा बाबुरामले लेखेका छन्, ‘युगिन प्रचण्ड ‘हबा’ सँग दंग ।’

भेटघाटपछि प्रचण्ड लगायतकाे टाेली बाबुराम निवासमा डिनर गरेर निस्केकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार