• शुक्रबार, भाद्र २६ २०८३

चुनावका लागि थपिए झण्डै २ लाख ५५ हजार मतदाता


शुक्रबार, भाद्र ३१ २०७९
690
Shares

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्।

आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ।

चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्।

यस्तै २२ हजार २ सय २६ वटा मतदान  केन्द्र कायम गरिएको उनले जानकारी दिए।

२०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार