• आइतबार, असोज ११ २०८३

गगन थापालाई डेंगी संक्रमण


शुक्रबार, भाद्र ३१ २०७९
765
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।

बिहीबार थापालाई उच्च ज्वरो आएको थियो।

थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ।

‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।

शुक्रबार भने ज्वरो केही कम भएको छ।

ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार