• बिहिबार, साउन १४ २०८३

पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे


बुधबार, भाद्र २९ २०७९
850
Shares

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

उनले मंगलबार अहिलेको आफ्नो अभियानलाई अझै बृहत् बनाउनका लागि आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय लिएको बताएका छन्। 

‘अहिले आवश्यक रहेको राजनीतिक परिवर्तनका लागि मेरो वा हाम्रो अभियानले मात्रै पुरा गर्न सक्दैन। हामी जो जो आममानिसको दैनिकीमा सकारात्मक परिवर्तन गर्न लागिपरेका छौँ, ती राजनीतिमा आउनै पर्छ र त्यो ठाउँसम्म पुग्नै पर्छ’, उनले भनेका छन्, जहाँ पुगेर वास्तविक परिवर्तन गर्न सम्भव छ। हाम्रो संवैधानिक प्रावधानले पनि यसका लागि पार्टीको आवश्यकता पर्दछ। एक्लो व्यक्ति स्वतन्त्ररुपमा निर्वाचित भएर संसदमा पुगेर चाहेको परिवर्तन सम्भव छैन।’ 

उनले रवि नेतृत्वको रास्वपाले आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि दिने भएपछि यस्तो निर्णय लिएको  बताएका छन्।

‘यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार प्रकट गर्दछु। साथै,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं १ लागि प्रस्तावित उम्मेदवारका रुपमा नि:शर्त पार्टीको प्रारम्भिक निर्वाचनमा सरिक हुने जानकारी गराउँदछु’, उनले भनेका छन्।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार