• शुक्रबार, भाद्र २६ २०८३

निर्वाचन आयोगले १२ दललाई छलफलमा बोलायो


मंगलबार, भाद्र २८ २०७९
775
Shares

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।

आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले बुधबार मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

 निर्वाचन आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो। मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार