

गोरखा । गोरखामा तीन दिन संविधान दिवस मनाइने जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार मन्त्रिपरीषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो ।
निर्णयमा जिल्ला स्थित सबै सरकारी सार्वजनिक कार्यालय एबं सामुदायिक संघ संस्थाहरुले राष्ट्रिय झण्डा एबं ब्यानर सजाई कार्यालय परिसरमा सरसफाई गर्ने तपसिलमा उल्लेख गरेको गाेरखाकाे प्रमुख प्रशासकीय अधिकृत चुडानिति तिवारीले बताए ।



जिल्ला भित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलहरुको सरसफाई सहित सौन्दर्यी करण अभिबृद्धि गर्ने, जिल्ला स्थत सबै सरकारी तथा सार्बजनिक निकायका कार्यालयहरु र र्सावजनिक महत्वको सम्भाब्य स्थलहरुमा दीप प्रज्ज्वलन गर्ने र जिल्ला बाशि आमनागरीकका घरघरमा साझ दीपावली गर्ने तपसिलमा रहेको प्रशासकीय अधिकृत तिवारीले बताए ।

स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संबिघानका महत्वका बिषयमा बिभिन्न सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रसारण गर्ने उनले बताए । संबिधान दिबसको सन्दर्भमा संघ, प्रदेश र स्थानिय पालिका एवं सरकारी गैरसरकारी तथा सामुदायिक संघ संस्थाहरुबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक र्सिजनात्मक सन्देशमुलक तथा जनचेतना मुलक कार्यक्रमहरुमा आबस्यक समन्वय तथा सहजिकरण गर्ने उनले बताए ।
जिल्लको मठमन्दिर, बुद्धबिहार, मस्जित, गुरुद्धार, चर्च लगाएत धार्मिक स्थलहरुमा पुजारी धर्मगुरुबाट नित्य धार्मिक स्ठान संकल्प गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संबिधानका लागि जिबन उत्सर्ग गर्ने क्षात अक्षात शहीदहरुको आत्माको चिरसान्तिको कामना एंब उच्च सम्मान तथा श्रद्धा प्रकट गदै पुजापाठ तथा प्रार्थना गर्ने तपसीलमा उल्लेख छ ।


