• बिहिबार, साउन १४ २०८३


गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : पृथ्वीसुब्बा गुरुङ


आइतबार, भाद्र २६ २०७९
1.1K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

 

शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् ।

उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए । अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे । 

संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन , उनले भने। संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार