• शुक्रबार, भाद्र २६ २०८३

महाअभियोग सिफारिस समितिमा आज पनि जबराले बयान दिने


आइतबार, भाद्र २६ २०७९
855
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिँदैछन्। 

बैठक मध्यान्ह १२:३० बजे सिंहदरबारमा बस्दैछ।

आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची छ। समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । 

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो।

राणाविरूद्ध  दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो।

राणाविरूद्ध अहिले समितिले लागेका आरोपमाथि बयान लिने काम गरिराखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार