• बिहिबार, साउन १४ २०८३

चुनावी घोषणा पत्र बनाउन देउवाले दिए विश्वप्रकाशलाई जिम्मेवारी


बुधबार, भाद्र २२ २०७९
725
Shares

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ।

सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति देउवाले घोषणा पत्र तयारी समिति संयोजक मनोनीत गरेको बताए।

गत वैशाखमा भएको स्थानीय चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र लेखेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार