गोरखा । एकीकृत समाजवादी पार्टी गोरखाले आसन्न निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीबाट आएको निर्णयलाई जिल्ला कमिटीले पारित गरेको एकीकृत समाजवादी पार्टी गोरखाले जनाएको छ ।
जसमा गोरखाको प्रतिनिधि सभा १ बाट रज्मदिन मियाँ, कृष्णमान श्रेष्ठ, टेकराज भट्ट, र शर्मिला वन्त सिफारिसमा परेका जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिए ।
क्षेत्र नं १ को प्रदेश क्षेत्र ‘क’ तर्फबाट यादव बस्नेत, ‘ख’ तर्फबाट कविता अर्याल, नारायण ध्वज खड्का, प्रदीपसिंह क्षेत्री, अन्जन भट्टको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रतिनिधि सभा २ बाट विश्वेश्वर कट्टेल, विकलकुमार श्रेष्ठ, रेखा तामाङ, अमृत कालाखेतीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिए ।
क्षेत्र नं २ को प्रदेश क्षेत्र ‘क’बाट जुद्धविलास भण्डारी, सानुमाया बस्नेत, कल्पना कुँवरको नाम सिफारिस गरिएको छ ।
प्रदेश क्षेत्र ‘ख’ बाट टंक सारु मगर, किसान श्रेष्ठ, शकुन्तला खत्री, विश्वज्योति बानियाँ र डिलबहादुर गुरुङको नाम सिफारिस गरिएको एकीकृत समाजवादी पार्टी गोरखाले जनाएको छ ।