• बिहिबार, साउन १४ २०८३

भारतीय सेनाले भेटे प्रधानमन्त्री देउवा, नेपाल-भारत सैन्य सम्बन्धबारे छलफल


मंगलबार, भाद्र २१ २०७९
730
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल-भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

त्यस्तै भारतका सेना अध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार