• बिहिबार, साउन १४ २०८३

मंगोल नेशनल अर्गनाईजेशन गोरखाद्वारा उम्मेदवारको नाम सिफारिस


मंगलबार, भाद्र २१ २०७९
1.5K
Shares

गोरखा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मंगोल नेशनल अर्गनाईजेशन गोरखाले उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

गोरखा क्षेत्र नम्बर १ का लागि देव थापा मगर र २ का लागि सोमबहादुर तमुलाई जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको प्रचारप्रसार सचिव नवीन घलेले जानकारी दिए ।

क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘क’ का लागि गंगा राना मगर, ख का लागि शरद गुरुङ, क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ का लागि अनिता बरामलाई सिफारिस गरेको अर्गानाईजेशनका प्रचार सचिव घलेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार