• बिहिबार, साउन १४ २०८३

जसपा गोरखाद्वारा उम्मेदवारको नाम सिफारिस


मंगलबार, भाद्र २१ २०७९
1K
Shares

गोरखा । जनता समाजवादी पार्टी नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गोरखाबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ ।

सोमवार भएको जिल्ला समितिको बैठकले प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर १ मा तिलक गुरुङ, क्षेत्र नम्बर २ मा जुना गैरेको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष कुलमान गुरुङले बताए ।

समानुपातिकतर्फ बिषबहादुर गुरुङ, धनमाया गुरुङ सिफारिसमा परेका छन् । क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘क’ मा प्रत्यक्ष तर्फ कुलमान गुरुङ, ‘ख’ मा सुकमाया गुरुङ, क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा रमेश पोखरेल र कविन्द्र अधिकारी, ‘ख’ मा रामप्रसाद गुरुङको नाम सिफारिस भएको जिल्ला अध्यक्ष कुलमान गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार